लकडाउन आठ दिन थप्ने सरकारको निर्णय

विदुर खबर २०७६ चैत १६ गते १९:०८

नुवाकोट । सरकारले लकडाउन अझै ८ दिन लम्ब्याउने निर्णय गरेको छ ।

Advertisement

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकलेले अझैँ केही साता लकडाउन थप्ने निर्णय मन्त्रिपरिषदमा पठाएको थियो ।

यसअघि सरकारले कोरोना भाइरसको महामारी फैलिने संकेत देखिएसँगै चैत ११ देखि १८ गतेसम्मका लागि सिंगो नेपाल लकडाउन गरेको थियो । देशका विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएसँगै लकडाउन थप आठ दिनका लागि लम्ब्याइएको हो ।

Advertisement

प्रतिक्रिया