वागमती प्रदेश सरकारद्वारा १० करोडको आपतकालीन कोष स्थापना

विदुर खबर २०७६ चैत १३ गते ८:१३

हेटौंडा। वागमती प्रदेश सरकारले कोभिड–१९ (कोरोना भाइरस) उपचार कोष स्थापना गरेको छ ।

Advertisement

प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोष स्थापना गरेको हो ।सरकारले कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई समेत आह्वान गरेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।

मंगलबारकै बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए। कोषमा रोहनी हाउजिङले एक लाख रुपैयाँ सहयोग गरेको छ। प्रदेश प्रमुख विष्णुप्रसाद सेढाईले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन्।

Advertisement

यस्तै, कोरोना भाइरस महामारीविरुद्ध संघीय सरकारले स्थापना गरेको कोषमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरणबहादुर जोशीले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। जोशीले जिल्ला समन्वय समिति मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा’ पनि २ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

प्रतिक्रिया