नेपाल टेलिकमले रिचार्जमा सतप्रतिशत बोनस दिने
विदुर खबर
२०७६ चैत १२ गते २०:५०
काठमाडौँ । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ ।
टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ । यो अफर ७ दिनको लागि हो । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो ।
टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । यो बोनसबाट व्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज गरिद गर्न वा गिफ्ट पठाउन नपाइने कम्पनीले जनाएको छ ।
५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने शत प्रतिशत बोनस २ दिनभित्र खपत गर्नुपर्ने र २ सय तथा ५ सयको रिचार्जमार्फत प्राप्त हुने बोनस ४ दिनभित्र खपत गर्नुपर्ने र एक हजारको रिचार्जमा प्राप्त हुने बोसन ६ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमको विज्ञप्तीमा उल्लेख छ । विद्युतीय प्रणालीबाट १ हुने एक हजार माथिको रिचार्ज गर्दा भने बोनस व्यालेन्स १० दिनभित्र खपत गर्नुपर्नेछ । कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरघरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । उपभोक्तालाई राहत दिन यस्तो निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया