कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु
पोखरा । भारतको हैदराबादबाट फर्केका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।
मृतक लामो समयदेखि मुटुको रोगले थलिए पनि उनको कोरोना भाइरसको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।उनलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मृतक कास्कीको रुपा गाउँपालिका स्थायी ठेगाना भएका हुन् । गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । उनको कलेजोमा पानी जमी राखेको सुन्नमा आएको उनले सुनाए ।
क्वारेन्टाइनबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको मृत्यु भएको सूचना प्राप्त भएको छ । उनको थप चेकजाँच भई रहेको छ । पाल आएका उनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । उनी भारतमा मजदुरी गर्दै आएका थिए । यस विषयमा बुझ्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशकलाई सम्पर्क गर्न खोज्दा उनको फोन डाइभर्ट गरिएको छ ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रुसाद पोखरेलले उनको मृत्यु स्वीकारी रहेका छैनन् । तर, गाउँपालिकाको क्वारेन्टाइनमा बसेको भने अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतद्वयले स्वीकारेका छन् ।
मृत्युबारे थप विवरण आउँन बाँकी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया