लकडाउनमा माक्स बाँड्दा संघको आलोचना

विदुर खबर २०७६ चैत ११ गते १८:३३

 

Advertisement

बट्टार । सरकारले सोमवार देशभर लकडाउन गर्ने घोषणा गरेको छ । लकडाउनलाई आम सर्वसाधारणले नबुझ्दा विभिन्न जिल्लामा समस्या देखिएको छ ।

यसैक्रममा मंगलवार नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोटको सदरमुकाम आसपाससहितका बजार क्षेत्रमा माक्स वितरण गर्दा अहिले संघको सामाजिक संजाल फेसबुकमा चर्काे आलोचना भइरहेको छ ।

Advertisement

तर वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले सोमवारदेखि नै जिल्लाको विभिन्न स्थानमा माक्स बाँडिएकोले प्रहरीसँगको सहकार्यमा बजार क्षेत्रमा माक्स बाँडेको बताए । कार्कीले वाणिज्य संघलाई प्राप्त भएको २५ सय माक्स त्रिशुली अस्पताल र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई समान एकसय ५० भन्दाबढी माक्स वितरण गरि जिल्लाको विभिन्न स्थानमा माक्स वितरण गरेको जनाए ।

                                              माक्स वितरण गर्दे नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी ।

त्यस्तै नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले जिल्लामा माक्सको अभाव भएकोले अस्पतालर प्रहरीसहित बजार क्षेत्रह कोलनी,त्रिशुली,ढुङ्गे,विदुर, बट्टार र ईनारपार्टी लगाउतका स्थानमा माक्स वितरण गरेको जानकारी दिए । त्यस्तै संघले विदुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष सिताराम अर्याललाई समेत माक्स वितरण गरेको छ ।

Advertisement

यसअघि नुवाकोटमा चरम रुपमा माक्सको अभाव भएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट र केही व्यापारीहरुले जिल्लाभित्र नै माक्स उत्पादन शुरु गरेका छन ।

प्रतिक्रिया