माग र आप्रर्तिको सन्तुलन कायम गर : नुवाकोट उद्योग वाणिज्य संघ

विदुर खबर २०७६ चैत १० गते २१:२५

विदुर । नुवाकोट उद्योग बाणिज्य संघले बैंकको ऋण र समयको पुनतालिकीकरण गर्न माग गरेको छ ।

Advertisement

सोमवार  नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीद्धारा जारी गरिएको विज्ञप्तीमा कोरोना भाईरसको संक्रमण रोकथामका लागि राज्यले चालेका सबै प्रयासहरुमा संघको निरन्तर साथ रहने उल्लेख गरिएको छ । विज्ञप्तीमा मुलुकको व्यापार व्यवसाय सबैभन्दा बढी समस्यामा परेकाले उद्योग व्यवसायीलाई थप क्षति हुनबाट जोगाउन बैंक तथा बित्तिय संस्थाबाट लिएको ऋण र ब्याजको समय कम्तिमा ६ महिना पुर्नतालिकीकरण गर्न संघले सरकारसँग माग गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट सबै नागरिक जोगिनु आवश्यक रहेकाले सोमबारबाट चैत्र २१ गतेसम्म अत्याबश्यक बाहेकका अन्य उद्योगधन्दा ,कलकारखाना, व्यापार व्यवसाय बन्द गरी सजग र सुरक्षित रहन व्यवसायीहरुलाई आग्रह गर्दुछु विज्ञप्तीमा भनिएको छ । त्यस्तै अत्यावश्यक वस्तु तथा सेवा प्रदायक व्यवसायीहरुलाई अत्यावश्यक सामग्रीहरुको भण्डारण नराखी माग र आपूर्तिको सन्तुलन कायम गर्न र व्यवसायिक आचारसंहिता पालना गर्न समेत विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

Advertisement

यस्तो छ संघको विज्ञप्ती ।

Advertisement

 

 

प्रतिक्रिया