बुधवारदेखि नुवाकोटमा लकडाउन, पाँचजनाभन्दा बढी हिँडडुल गर्न नपाइने
विदुर खबर
२०७६ चैत १० गते १८:०३
नुवाकोट । नुवाकोटमा बुधवार विहानदेखि लकडाउन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमवार वसेको सुरक्षा समितिको बैठकले जिल्लालाई बुधवार विहानदेखि लकडाउन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।
बैठकले चैत्र १२ गते बुधबारदेखि बिहान ६ बजेदेखि सातदिनसम्म पाँचजना भन्दा बढीको समुहमा हिँडडुल नगर्न, कार्यक्रम नगर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न आम नागरिकलाई अनुरोध समेत गरेको छ ।
त्यस्तै बैठकले जिल्लास्थित सबै नाकाहरुबाट सवारीसाधन प्रवेशमा रोक लगाउने तथा जिल्ला भित्रपनि अत्यावश्यक बाहेकका सवारी साधनहरु पुर्ण रुपमा संचालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया