रसुवाको नौकुण्ड गाउँपालिकामा पाँचवटा हेल्प डेक्स सञ्चालन

विदुर खबर २०७६ चैत १० गते १३:५७

रसुवा  । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको नौकुण्ड गाउँपलिकामा पाँचवटा हेल्प डेक्स सञ्चालनमा आएको छ ।

Advertisement

गाउँपालिकाको सरमथली, पारच्याङ, आँपचौर, नागार्जुन र लुम्बुमा हेल्प डेक्स सञ्चालनमा ल्याइएको हो । प्रत्येक डेक्समा दुईदुई जना स्वास्थ्यकर्मी परिचालन गरिने छ । गाउँपालिकाको पारच्याङमा निर्माण हुन लागेको क्वारेन्टाइन व्यवस्थापनको काम सुरु गरेको छ । पारच्याङमा १५ शैयाको क्वारेन्टाइन निर्माण हुँदै छ ।

त्यसैगरी तीन दिनमा सकिने गरी दादुरा रुवेला खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ । यो गाउँपालिकामा १ हजार २ सय ५४ बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अण पौडेलले बताए । ९ महिनादेखि २ वर्षसम्मका ३ सय ६६ र ३ वर्षदेखि ५ वर्षमूनिका ८ सय ८८ बालबालिका छन् । चैत १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने बताइए पनि कोरोना भाइरसको कारण छोटो समयमै खोप लगाउने काम सकाउन लागिएको हो ।

Advertisement

प्रतिक्रिया