नेपालमा भेटियो कोरोना, बीरगञ्जका एक जनामा भेटिएको पुष्टि
विदुर खबर
२०७६ चैत ९ गते १८:३६
बीरगञ्ज । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो। ६ दिनअघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
न्युज २४ बाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया