त्रिशुली–काठमाण्डौ रुटमा टिमुरे यातायातले निशुल्क वसको व्यवस्था गर्ने

विदुर खबर २०७६ चैत ९ गते ९:४३

नुवाकोट । नुवाकोटबाट संचालन भई देशका विभिन्न भागमा यातायात सेवा संचालन गर्दै आएको टिमुरे यातायात प्रालिले काठमाण्डौ–त्रिशुली रुटमा सोमबारदेखि निशुल्क वस संचालन गर्ने भएको छ ।

Advertisement

टिमुरेले नोबेल कोरोना (कोभिड–१९) विरुद्ध संयम बनौ, सजग बनौ भन्ने नारासहित सोमवारदेखि दैनिक ४ ओटा एसी वस निशुल्क रुपमा संचालन गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष ओमप्रकाश जोशीले बताए । टिमुरे यातायात प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सोमवार अर्थात चैत्र १० गतेदेखि १२ गतेसम्म काठमाडौदेखि त्रिशुलीसम्मको लागि निशुल्क वसको व्यवस्था गरेको यातायातका अध्यक्ष जोशीले जानकारी दिए ।

जोशीका अनुसार निशुल्क बसहरु सोमबार विहान ६ बजे र दिउँसो सवा एकबजे काठमाण्डौबाट त्रिशुलीका लागि छुट्ने र त्रिशुलीबाट बिहान ७ः १५ बजे र दिउँसो सवा १२ बजे काठमाण्डौका लागि छुट्ने छन । त्यस्तै सोही समयमा मंगलवार र बुधवार पनि वसले निशुल्क सेवा दिने बताइएको छ ।

Advertisement

त्यस्तै यात्रुहरुको माग र आवश्यकता अनुसार थप केही दिन निशुल्क वस सेवा संचालन गर्न सकिने टिमुरे यातायातका अध्यक्ष जोशीले बताए । टिमुरे यातायातले अहिले विभिन्न रुटमा ३२ ओटा वसले सेवा दिइरहेको छ ।

प्रतिक्रिया