ईनारपाटीमा निस्कियो कोरोनाविरुद्ध सचेतना ¥याली
विदुर खबर
२०७६ चैत ८ गते २१:३७

बट्टार । विदुर नगरपालिका वडा नम्बकर ६ ईनारपार्टीमा शनिवार कोरोना भाइरसविरुद्ध सचेतना ¥याली निस्किएको छ ।
ईनारपाटी बचत समुहको आयोजना तथा आचार्य इन्जिनियरिङ्घ परामर्श केन्द्र विदुरको आर्थिक सहयोगमा कोरोनाविरुद्धको सचेतना ¥याली निकालिएको इनारपाटी बचत समुहले जनाएको छ । ईनारपाटीबाट निस्किएको ¥याली वडाकाृ विभिन्न स्थानमा पुगेर कोणसभामा परिणत भएको समाजसेवी तथा सामाजिक अभियान्ता राजकुमार आचार्यले जानकारी दिनुभयो ।
कोणसभामा कोरोना भाइरसको बारेमा स्थानियबासीहरुलाई जानकारीमुलक पर्चा, पम्पलेट वितरणका साथै विभिन्न स्थानमा कोरोना भाइरसबारे पर्चा समेत टाँस गरिएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया