जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

विदुर खबर २०७६ चैत ८ गते २१:२९

नुवाकोट । अब कुनै पनि बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

Advertisement

कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपनि बैंकिङ क्षेत्रका ३ वटा संस्थाले कुनै पनि शुल्क नलिने निर्णय गरेका हुन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा कुनै पनि शुल्न नलिने उल्लेख गरिएको छ ।

Advertisement

विज्ञप्तीमा इन्टरनेट तथा मोबाइल लगायत विभिन्न माध्यमबाट गरिने विद्युतीय कारोबारमा शुल्न नलाग्ने र कुनै बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन ।

प्रतिक्रिया