नुवाकोटको सदरमुकाम क्षेत्रमा शानिबार विद्युत आपूर्ति बन्द हुने
विदुर खबर
२०७६ चैत ७ गते १२:२४

विदुर । शनिबार नुवाकोटको सदरमुकाम आसापास रहेका बजार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार त्रिशुली सवस्टेसनबाट संचालित फिडर नम्बर ६ को लाइन मर्मत गर्नुपर्ने भएकोले बजार क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।
ढुङ्गे, विदुर, बट्टार, माझिटार र पिपलटार लगायतका स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जानकारी दिएको छ । विद्युत सेवा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने बताइएको छ ।
यस्तो छ प्राधिकरणको सुचना ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया