विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

विदुर खबर २०७६ चैत ५ गते १९:५८

नुवाकोट । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताए ।

यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ ।राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

Advertisement

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

प्रतिक्रिया