सुनको भाउमा भीषण पहिरो, एकैदिन तोलामा दुई हजारको गिरावट
नुवाकोट । सुनको मूल्यमा आज फेरि भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कोरोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा एकैदिन २ हजार रुपैयाँको गिरावट आएको हो । यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा झरेको छ ।
यो सातामात्रै सुनको भाउ तोलामै ३ हजार रुपैयाँको गिरावट आइसकेको छ। यो साता कारोबारको पहिलो दिन आइतबार तोलमा एकैपटक १५ सय रुपैयाँको गिरावट आउँदै प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार ७०० रुपैयाँ कायम भएको थियो। दोस्रो दिन सोमबार तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७७ हजार ५०० रुपैयाँ र तेजाबी ७७ हजार २०० रुपैयाँ कायम भएको थियो।
गत सातादेखि सुनको भाउ ओरालो लाग्न थालेको हो। विश्वव्यापी महामारी घोषणा गरिएको कोरोना भाइरसको नकारात्मक प्रभाव अन्तर्राष्ट्रिय सुन बजारमा पनि पर्न थालेको विज्ञहरु बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावले नेपाली बजारमा असर गरिरहेको उनीहरुको भनाइ छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया