डिजेल, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ घट्यो

विदुर खबर २०७६ चैत ३ गते २०:४६

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

Advertisement

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव तथा साउदी अरेयिबा र एसियाबीचको तेलको मूल्यमा भएको होडबाजीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यको असर नेपालमा पनि देखिने भन्दै पेट्रोलियम व्यवसायीले निगमसंग कम परिमाणमा तेल खरिद गर्दा काठमाडौं लगायतका शहरमा तेलको अभाव देखिएको थियो ।

प्रतिक्रिया