कोरोनाविरुद्धको अभियानमा नुवाकोट जेसीज

विदुर खबर २०७६ चैत ३ गते १९:०२

नुवाकोट । विश्वभर फैलदै गएको कोरोना भाइरस नियन्त्रणको लागी पूर्व सचेतना स्वरुप नुवाकोट जेसिसले प्रचार प्रसार तथा जनचेतनामूलक सन्देश प्रवाह गरेको छ ।

Advertisement

सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुको अन्तराष्ट्रिय सँस्था जेसिस नुवाकोटको आयोजनामा जिल्लाको जनघनत्व बढीको भएको बजार क्षेत्रमा प्रचारप्रसार सामाग्रि वितरण तथा टाँस गरेर कोरोना रोगको लक्षण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो । जिल्लाको देवीघाट, पिपलटार, गंगटे, बट्टारबजार, विदुर, ढु्ङ्गे, त्रिशूली, कोलनी लगायतको स्थानमा कोरोना रोग लाग्न नदिनको लागी अपनाउनुपर्ने सचेतना सम्बन्धीको जानकारीमूलक सन्देश टाँस गरिएको जेसिस अध्यक्ष श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार कोरोना रोगको त्रास जनमानसमा निकै धेरै भएको तर, बच्ने उपाय, यसका लक्षण र लागिहालेमा आफू र अरुलाई कसरी सुरक्षित बनाउने भन्नेमा धेरैलाई जानकारी नभएको पाइएपछि प्रचार प्रसार मार्फत सचेत गराइएको छ । गएको पुस १५मा चीनको हुवान शहरबाट सुरु भएको कोरोना रोग अलिहे विश्वमा माहामारीको रुपमा फैलिएको र धेरै विकशित राष्ट्रले समेत रोक्न नसकेको अबस्थामा नेपाल उच्च जोखिममा रहेको अबस्थामा पूर्वतयारीलाई प्रभावकारी बनाउन सकिएमा रोग भित्रनबाट बचाउन सकिने भन्दै जेसिसले प्रचारप्रसार कार्यक्रम गरेको जनाएको छ ।

Advertisement

नुवाकोटमा अहिलेसम्म सरकारीस्तरबाट, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र केही अस्पतालहरुले प्रचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि प्रयाप्त नभएकाले कोरोना रोगबाट बचाउन तथा पूर्व तयारीमा जनचेतनाको बृद्धि गराउने उद्देष्यले ब्यानर तथा सन्देशमूलक पोष्टर टाँस गरिएको जेसिस नुवाकोटका पुर्व अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभएको छ । उच्च ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघा खोकी लागेमा कोरोना रोगको लक्षण हुनसक्ने भएकाले स्वास्थ्यमा जाँच गराउन सुझाब दिइएको छ ।

कोरोना रोग लाग्न नदिनको लागी नियमति रुपमा साबुन तथा खरानी पानीले हात धुनुपर्ने, पशुपंक्षीजन्य मासु र अण्डलाई धेरै पाक्ने गरेर मात्र खानुपर्ने, खोक्दा तथा हाछ्यु गर्दा मुख छोप्नुपर्ने गरेमा रोग लाग्नबाट बच्न सकिने र लागिहालेमा अरुलाई सर्नबाट रोक्न सकिने चिकित्सकले सुझाब दिएका छन् ।

Advertisement

प्रतिक्रिया