किन भयो पूर्व मिस नेपाल उषा खड्गीकाे सम्बन्ध विच्छेद ?

विदुर खबर २०७६ चैत २ गते १७:०५

नुवाकोट । पूर्व मिस नेपाल उषा खड्गी र उनका श्रीमान् जीपी तिमिल्सिनाले सम्बन्ध विच्छेद गरेका छन् ।

Advertisement

उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएको बताएकी छिन् । जीपी तिमिल्सिनासँग १९ वर्षअघि चिनजान भएको र विवाहको भएको १७ वर्षपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् ।

उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको प्रेममा परेका यी दुइले दुई वर्ष लामाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

Advertisement

उषाले आफ्नो सम्बन्ध विच्छेदको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनिन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शारीरिक र मानसिक पीडा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।’

प्रतिक्रिया