कोरोना प्रभावः हलमा नजान सरकारको आग्रह
विदुर खबर
२०७६ चैत १ गते २०:४८
जसमध्ये १९औं नम्बरको निर्णयले नेपाली फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सृजना भएको छ । सरकारले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको छ । सिनेमा हलमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो । ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयमा भनिएको छ । सरकारले यो आह्वान गर्नुभन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । अब, झन् हलहरु सुनसान हुने भएका छन् ।
सरकारले भीडभाड हुने सिनेमा हलमा नजान आग्रह गरेपछि देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना बढेको छ । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै कोरोनाको जोखिम न्यूनिकरणका लागि मल्टीप्लेक्स हलहरुले विशेष सावधानी अपनाए पनि अहिले प्रतिक्षीत विदेशी फिल्म हेर्न समेत दर्शक आएका छैनन् । सिंगल थिएटरको अवस्था झन् नाजुक छ ।
सरकारको यो निर्णयपछि चैत २१ मा आउन लागेको फिल्म ‘लक्का जवान’ र चैत २८ का दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ को प्रदर्शनमा अन्योलता देखिएको छ । अब, यी तीनै फिल्मका निर्मातासँग प्रदर्शन रोक्नुभन्दा अर्को विकल्प छैन । यसअघि ‘म यस्तो गाीत गाउँछु २’ र ‘नीरफूल’ ले रिलिज स्थगित गरिसकेका छन् । विदेशी फिल्मले समेत रिलिज पोस्टपोन्ड गरिरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया