पलले पछ्याउने सूचीबाट हटिन् आँचल

विदुर खबर २०७६ फागुन ३० गते २१:२१
अहिलेको समयमा कुनै पनि व्यक्तिको लोकप्रियता मापन गर्ने तराजु बनेको छ, सामाजिक सञ्जाल । फेसबुक, इन्स्टाग्राम र ट्विटरलगायतका माध्यममा जसको धेरै फलोअर्स हुन्छ उसलाई लोकप्रिय व्यक्ति मान्ने गरिन्छ । अहिलेको पुस्ता फोटो र भिडियो साझेदार गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा बढी आकर्षित छ । नेपालमा पनि यसको प्रयोग गर्नेको संख्या निकै ठूलो छ ।
राजनीतिज्ञदेखि नेपाली सेलिब्रेटीहरु समेत इन्स्टाग्राममा घन्टौं समय विताउने गरेका छन् । अभिनेता पल शाह पनि इन्स्टा लभर्स हुन् । उनी आफ्ना तस्विर तथा भिडियो क्लिप्सहरु बाक्लै रुपमा इन्स्टाग्राममा साझेदार गरिरहेका हुन्छन् । युवापुस्तामा राम्रो क्रेज भएका उनलाई इन्स्टामा डेढ लाखभन्दा बढीले पछ्याउने गरेका छन् । तर, उनले भने जम्मा ७ जनालाई मात्र पछ्याउँछन् ।
तर, गत वर्ष उनले इन्स्टामा पछ्याउनेको संख्या १० थियो । यसमा अभिनेत्री आँचल शर्मा, अभिनेता द्वय प्रदीप खड्का र नाजिर हुसेन, डान्सर तेरिया फौजा मगर, निर्देशक प्रदीप भट्टराई, बहिनी रोशनी राज्यलक्ष्मी शाह, युट्युब पर्सनालिटी जूलियस डाइन, पल शाह फ्यान क्लब फेमिली र भिडियो निर्देशक विकास सुवेदी थिए । अहिले भने उनले तीन जनालाई अनफलो गरेका छन् ।
कस-कसलाई उनले इन्स्टाग्राममा अनफलो गरे त ? पल शाहले तीन फिल्ममा सँगै काम गरेको जोडी आँचल शर्मा, ‘शत्रु गते’ मा आफूलाई निर्देशन गरेका प्रदीप भट्टराई र दर्जनौं भिडियोमा आफूलाई निर्देशन गरेका विकास सुवेदीलाई इन्स्टामा आफूले पछ्याउने सूचीबाट हटाएका हुन् । उनले यी तीन आफ्ना घनिष्ट व्यक्तिलाई किन अनफलो गरे ? त्यो त उनी नै जान्दछन् ।
तर, अभिनेता पल शाहले आफ्नो सच्चा साथी बताउने अभिनेत्री आँचल शर्मालाई इन्स्टामा अनफलो गर्नुले चाहिँ धेरै प्रश्न उब्जाएका छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा लामो समयसम्म चलेको थियो । केही समय अघिदेखि भने उनीहरुको ब्रेकअप भएको खबर बाहिरिएको थियो । स्रोतका अनुसार, आँचलले आफ्नो विवाह र रिसेप्सन पार्टीमा समेत पललाई निम्तो पठाएकी छैनन् ।

प्रतिक्रिया