कोरनाको प्रभाव : नेपाल आउने सबै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने

विदुर खबर २०७६ फागुन ३० गते २०:१९

नुवाकोट । नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले नेपाल प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाइ गरेको हो ।

Advertisement

विभागले विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरेको छ । यस्तै, नेपाल आउने विदेशी तथा गैरआवासीय नेपाली नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । भोलीदेखि नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकले १४ दिनसम्म अनिवार्य रुपमा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने विभाग जनाएको छ ।

यसका साथै विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी पनि नेपाल आउदा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने छ । तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । यस्तै, उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनााएको छ ।

Advertisement

विभागले शुक्रबार जारी गरेको सूचना अनुसार यी प्रावधानहरु शनिबार मध्यरातदेखि अप्रिल ३० सम्मका लागि लागू हुनेछन् ।

प्रतिक्रिया