पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत
नुवाकोट । पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत देखिएको छ । कतारले एकतर्फी रुपमा कच्चा तेलको मूल्य घटाएपछि विश्व बजारमा तेलको मूल्य घटिरहेको छ । यसैका आधार नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने जनाएको छ ।
निगमका नायब कार्यकारी निर्देशक भट्टराईले हाल विश्व बजारमा कच्चा तेलको मूल्य घटिरहेको र नेपालमा पनि स्वचालित मूल्य समायोजन प्रणाली अनुसार समायोजन हुने बताएका छन् ।
नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्छ । भारतले पठाउने मूल्यसूची अनुसार नै निगमले मूल्य समायोजन गर्दै आएको छ । सन् २०२० को सुरुवातदेखि हालसम्म भारतमा तेलको मूल्य ४ रुपैयाँ ५० पैसा भारु घटिसकेको छ । सोमबारसम्म लगातार छैठौँ दिन पनि भारतमा तेलको मूल्य घटिरहेको छ ।
भारतीय आयल कर्पोरेशनले हरेक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य सूची पठाउँदै आएको छ । मार्चको १५ तारिखसम्म पनि भारतीय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागिरहे नेपाललमा घटेर नयाँ मूल्य सूची आउनेछ । यदि यो ५ दिनमा मूल्य फेरि बढे नेपाली बजारमा तेलको मूल्य घटबढ नहुन पनि सक्नेछ ।
विश्व बजारमा कच्चा तेलको मूल्य एकैदिन ३० प्रतिशतले कमी आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया