नुवाकोटको ककनीबाट तीनसय लिटर घरेलु मदिरा बरामद
विदुर खबर
२०७६ फागुन २७ गते २०:३९

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले ३ सय लिटर घरेलु मदिराबरामद गरेको छ ।
प्रहरी चौकी रानीपौवाले ककनिबाट काठमाण्डौतर्फ जादै गरेको बा ४ ख ५८८८ नम्बरको यात्रु बाहक बसमा चेक जाच गर्ने क्रममा ठुलो परिणममा घरेलु मदिरा बरामद गरेको हो ।
बरामद गरिएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको डिएसपी राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया