गोरखामा जिप दुर्घटना: १३ घाईते, ६ को अवस्था गम्भीर

विदुर खबर २०७६ फागुन २७ गते १०:४३

नुवाकोट ।गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा मंगलबार बिहान जिप दुर्घटना भएको छ । रञ्चोकबाट सौरपानी हुँदै गोरखा तर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् भने ६ जनाको अवस्था गम्भिरको बताइएको छ।

Advertisement

बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमान गुरुङ घाईते भएका छन् । बिमला, रकम र श्रीमान गुरुङको अवस्था गम्भिर छ । उनीहरुलाई हेलीकोप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

घाईतेहरुको उद्धार गरी जिप खसेको ठाउँबाट सडक सम्म ल्याइएको छ । जीप ब्रेक फेल भएर सडकबाट करिब डेढसय मिटर तल खसेको स्थानीयले बताएका छन्। जिप खसेको ठाउँमा प्रहरी भर्खरै पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए।

Advertisement

त्यस्तै दुर्घटना उद्धारको लागी सांसद प्रकाशचन्द्र दवाडीको पहलमा काठमाडौँबाट माउण्टेन एयरको हेलिकप्टर घटनास्थल तर्फ गएकाे पनि जानकारी प्राप्त भएकाे

प्रतिक्रिया