गेर्खुका पुर्व वडाअध्यक्ष प्याकुरेलको निधन

विदुर खबर २०७६ फागुन २६ गते २१:२८

गेर्खु । साविक गेर्खु गाविस वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष हरिप्रसाद प्याकुरेलको सोमबार निधन भएको छ ।

Advertisement

लामो समयदेखि दम र उच्च उक्तचापबाट पिडित हुनुभएका प्याकुरलेको सोमवार ७६ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको उहाँका आफन्तले बताएका छन । वि.स. २००० साल जेठ ११ गते जन्मनुभएका प्याकुरेल नेपाली कांग्रेस नुवाकोट जिल्ला कमिटि सदस्य समेत हुन ।

प्याकुरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस नुवाकोटका पुर्वसभापति धुर्व अधिकारी,सचिवद्वय सुरेन्द्रराज अधिकारी र शिव दाहाल,नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्य,नेता कृष्ण कुइकेल लगायतले नेपाली कांग्रेसको झण्डा ओडाएर सम्मान व्यक्त गरेका थिए ।

Advertisement

प्याकुरेलका श्रीमति, दुई छोरा र तीन छोरीहरु रहेका छन । उनको आजै एक नम्बर पुलमा अन्तिम संस्कार गरिएको छोरा शैलेन्द्रराज प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया