तल्लो सान्जेन जलविद्युत कम्पनीको काम अन्तिम चरणमा
रसुवा । आमाछोदिङमो गाउँपालिकाको चिलिमेमा निर्माणाधिन तल्लो सान्जेन जलविद्युत कम्पनीको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
४२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत ग्रह निर्माणको काम पुरा भइसकेको र सुरुङबाट ल्याइएको पानी तीब्र रुपमा विद्युत गृहमा पठाउनका लागी आवश्यक पर्ने एक हजार मिटर लम्बाईको पेनस्टक पाईप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडी बढ्नुका साथै निर्माण गर्नुपर्ने तिन हजार ६५० हेगरेस सुरुङ मध्येको सबै काम पुरा भई अवको निर्माणको काम भनेको ४० मिटर रहेको सान्जेन जलविद्युत कम्पनीका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले बताउनुभयो ।
सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३ सय मिटरको हेडरेस सुरुङ र विद्युत गृह समेतका संरचना निर्माणको काम पुरा भए पनि कोरोना भाइरसका कारण उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनी प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको छ भने उता माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाटको जलविद्युत आयोजना स्रोत भने निर्माणको काम समेत अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक श्रेष्ठ ले जानकारी दिनुभयो ।
आउँदो असार महिना सम्ममा उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन चीनमा फैलिएको कोरोना भाइरस ले गर्दा चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादनमा ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पुरा हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया