कोरोना भाइरसका कारण नुवाकोट र रसुवामा सतर्कता
नुवाकोट : महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट सुुरक्षित रहन मानिसको धेरै भीडभाड हुने मेला, महोत्सव, जात्रा, सभा, सम्मेलनलगायत कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको विदुरमा सम्पन्न बैठकले कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै भीड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरिएको हो।बैठकले कसैको इच्छाविपरीत होली नखेल्नुको साथै कोरोना भाइरसलाई ध्यानमा राख्दै समूहमा होली नखेल्न प्रजिअ पोखरेलले आग्रह गरे। त्यस्तै,
कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा छुट्टै वार्ड (आइसोलेसन कक्ष) स्थापना गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रेमकुमार राईले शंकास्पद बिरामीको नमुना संकलन गर्न ल्याब र मेडिकल टिम तयारी अवस्थामा रहेको बताए। परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, डिजिटल थर्मोमिटरलगायत आवश्यक सामग्री उपलब्ध छ। विदेशबाट आयातित औषधिलगायतमा अत्यावश्यकीय दैनिक उपभोग्य वस्तुको जिल्लामा कृत्रिम अभाव हुन नदिन सम्बन्धित पक्षले निगरानी गर्नुपर्ने बताइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले पनि सेमिनार, गोष्ठी, पर्व, मेला, महोत्सवलगायत नगर्न आग्रह गरेको छ।
हिमाली रसुवामा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ। यसका लागि जिल्ला अस्पताल र रसुवागढी नाकामा भएको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेस्कमा संघ, प्रदेश र स्थानीय तहबाट चार जना स्वास्थ्यकर्मी राखिएको छ। जसमा दुई जना एमबिबिएस डाक्टर, एक जना एचए र एक जना स्टाफ नर्स छन्। परीक्षणका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, डिजिटल थर्माेमिटरलगायत सामग्री रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए। जिल्ला अस्पताल रसुवामा चार बेड क्षमताको आइसुलेसन कक्ष स्थापना गरिएको छ।
उनले भने, ‘कोरोना भएको शंका लागेका बिरामीको परीक्षण तथा उपचारका लागि बुधबारदेखि कक्ष सञ्चालनमा ल्याइएको हो।’ जिल्लामा हालसम्म कोरोनाको बिरामी नभेटिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए।
रसुवा जिल्ला कारागारमा बन्दीसँग प्रत्यक्ष भेटघाटमा रोक लगाइएको छ। जेलर कृष्णहरि पुडासैनीका अनुसार कारागारमा कोरोनाको संक्रमण भित्रिन नदिन आफन्तसँग फोनमा कुराकानी गर्न मात्र अनुमति दिइएको छ।सात जना राख्न सकिने गरी आइसुलेसन कक्ष स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले होली नखेल्नसमेत अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए।
कोरोनाको जोखिम बढ्दै गएको रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया