होलीमा विगतमा जस्तै भीडभाड नगर्न गृह मन्त्रालयको अपिल
विदुर खबर
२०७६ फागुन २४ गते १९:४८
नुवाकोट । गृह मन्त्रालयले होलीमा विगतका वर्षमा जस्तै भीडभाड र भेला हुने काम नगर्न अपिल गरेको छ ।
त्यसैगरी लोलापानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने हुँदा नगर्न–नगराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।
त्यसैगरी विज्ञप्तिमा भनिएको छ,“कोभिड–१९ का सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनैपनि प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न हार्दिक अपिल गर्दछौं । यसै सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सत्य र तथ्यपरक सूचनामात्र प्रवाह गरि जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिल गरिन्छ ।”
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया