होलीमा विगतमा जस्तै भीडभाड नगर्न गृह मन्त्रालयको अपिल

विदुर खबर २०७६ फागुन २४ गते १९:४८

नुवाकोट । गृह मन्त्रालयले होलीमा विगतका वर्षमा जस्तै भीडभाड र भेला हुने काम नगर्न अपिल गरेको छ ।

Advertisement

त्यसैगरी लोलापानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने हुँदा नगर्न–नगराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

त्यसैगरी विज्ञप्तिमा भनिएको छ,“कोभिड–१९ का सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनैपनि प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न हार्दिक अपिल गर्दछौं । यसै सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सत्य र तथ्यपरक सूचनामात्र प्रवाह गरि जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिल गरिन्छ ।”

Advertisement

प्रतिक्रिया