आगामी महाधिवेशनपछि अध्यक्ष दिन अहिले तयार हुनुपर्ने प्रचण्ड माग ! ओली मौन

विदुर खबर २०७५ वैशाख ९ गते ७:२३

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर आज संयुक्त अपिल गर्ने भएका छन् ।

पार्टी एकताका लागि तय गरिएको आजको मिति टरेपछि संयुक्त अपिलमार्फत कार्यकर्तालाई आश्वस्त पार्ने तयारी गरेका छन् । पार्टी एकता संयोजन समितिले आइतबार दिउँसो आयोजना गरेको कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्नेछन् ।
बिहीबारदेखि शनिबारसम्म लगातार लामो छलफमा बसेका दुवै नेता अहिलेसम्म टुंगोमा नपुगेको स्रोतले जानकारी दिएको छ ।

तर दुई नेताबीच भएको वार्ता र त्यसको निष्कर्षका बारेमा कुनै औपचारिक जानकारी भने कसैलाई गराइएको छैन । स्रोतका अनुसार पछिल्लोपटक भएका वार्तामा आगामी महाधिवेशनमा अध्यक्ष सर्वसम्मत बनाउन ओली तयार भए अन्य विषय सहज रुपमा अघि बढ्ने दाहालको धारणा थियो ।

तर यसबारेमा ओलीले न त आश्वासन दिएका छन्  न त अस्वीकार नै गरेका छन् । ओली निकटका अन्य नेताहरुले अहिले नै पार्टीको अध्यक्ष को भनेर टुंगो लगाउन नहुने र त्यसमा सहमति नगर्न दबाब दिएको स्रोत बताउँछ ।
तर दुवै नेता नजिकको स्रोतका अनुसार दुई अध्यक्षहरु वार्तामार्फत सहमतिको मिलनविन्दु नजिक पुगिसकेका छन् ।

आज संयुक्त अपिल गर्ने र भोलि सोमबार विवादित विषयमा सहमति गर्ने गरी एकता संयोजन समितिको बैठक बोलाउने तयारी पनि गरिएको छ । पार्टीको चुनाव चिन्ह सूर्य नै कायम गर्ने, जनयुद्ध शब्दलाई व्याख्यासहित नयाँ पार्टीको विधानको प्रस्तावनामा उल्लेख गर्न दुवै नेता तयार भएको बताइएको छ ।

तर नयाँ बन्ने पार्टीको कमिटीमा कसरी प्रतिनिधित्व गराउने भन्नेबारेमा भने अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष दाहाललेृ पार्टीको आन्तरिक संरचनामा बराबरी हुनुपर्ने माग गर्दै आएका छन् ।
उनले एकतापछि हुने महाधिवेशनमा आफूलाई अध्यक्षको जिम्मेवारी दिन सहमति जनाउन पनि ओलीसँग पटक पटक आग्रह गरेको स्रोत बताउँछ ।

आज हुने कार्यक्रमअघि दुवै पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा रहेका छन् ।

प्रतिक्रिया