बलात्कारको आरोपमा कांग्रेस वडा सभापतिसहित २ जनालाई कैद सजाय

विदुर खबर २०७६ फागुन २४ गते १९:३६

नुवाकोट । अछाम जिल्ला अदालतले छुट्टाछुट्टै बलात्कारका आरोपी २ जनाविरुद्ध कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ ।

Advertisement

गएको साउनमा एक महिलालाई बलात्कार गरेको आरोपमा पञ्चदेवल  विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजाय अदालतले सुनाएको हो ।  फौसलाअनुसार रावलले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडित महिलालाई दिनुपर्ने अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिनुभयो । रावल नेपाली कांग्रेसको वडा सभापति हुन् ।

पीडित महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ । यस्तै,१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय सुनाइएको छ । साथै कुँवरले पीडित बालिकालाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलामा उल्लेख छ ।

Advertisement

गएको भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया