भरत सडौलाको नेतृत्वमा ईनारपाटी कृषि सहकारीको नयाँ कार्यसमिति चयन

विदुर खबर २०७६ फागुन २४ गते १८:३४

ईनारपाटी । विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको ईनारपाटी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन : भरत सडौला चयन भएका छन ।

Advertisement

शनिवार भएको सहकारीको तेस्रो अधिवेशनले पुन सडौलाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा रामभक्त पौडेल, सचिबमा रामेश्वर अमात्य र कोषाध्यक्षमा टंकबहादुर केसी चयन भएका छन ।

सदस्यहरुमा गोपिनी क्षेत्री, शुसिला राई, लबप्रसाद न्यौपाने, रेखा खनाल, हरी श्रेष्ठ, मिनबहादुर केसी, रामप्रसाद अधिकारी, हेमबहादुर रिमाल र शिबराम रिमाल चयन भएका छन । यस्तै पदम थापाको संयोजकत्वमा लेखा समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा रामकाजि दिक्षित र हरी प्रसाद तिम्सिना चयन हुनुभएको निर्बाचन अधिकृत राजकुमार आचार्यले बताए ।

Advertisement

यसअघि छैठौ साधारणसभामा बोल्दै जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठले सहकारी संस्थाहरुले अब आफ्नो उद्धेश्य अनुसार काम गर्नुपर्ने बताए । उनले सहकारीहरु आर्थिक मेरुदण्डको रुपमा गाँउगाँउमा उभिएकाले नाफामुखी भन्दा पनि सेवामुखि भई स्वरोजगारतर्फ उन्मुख हुनुपर्ने बताए ।

सहकारीको हाल सम्म कुल शेयर पुजी २१ लाख ४३ हजार रहेको छ भने बचत रकम ११ लाख ५९ हजार रहेको कोषाध्यक्ष टंकबहादुर केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सहकारीको अध्यक्ष भरत सडौलाले प्रस्तुत गर्नुभएको कार्य प्रतिवेदन तथा लेखा समिति संयोजक बिष्णुप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन साधारण सभाले सर्बसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा प्राध्यापक द्धावारिका पाण्डे, गरिमा विकास बैङ्क बट्टार शाखा प्रमुख बिशाल जोशी लगायतले सहकारीको सदस्यहरुको जीविकोपार्जन उकास्ने खालको कार्यहरु गर्नुपर्ने बताएका छन् ।

Advertisement

सहकारीमा हाल महिला ९६ जना र पुरुष १०० जना गरी १९६ जना सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया