क्यालिवर शुजको शोरुम नुवाकोटको ढुङ्गेमा, मंगलबार उद्घाटन हुँदै

विदुर खबर २०७६ फागुन २४ गते १७:५५

विदुर । क्यालिवर शुजको नुवाकोट र रसु्वामा आधिकारीक विक्री शोरुम आगामी मंगलवारदेखि
खुल्ने भएको छ ।

Advertisement

बालक, वृद्ध, महिला सबैलाई हुने र सबैको रोजाईमा पर्न सफल शुजको नुवाकोट र रसुवामा आधिकारीक विक्रेताको रुपमा नुवाकोट चेम्बर अफ कर्मसकी सदस्य तथा व्यवसायी सन्तुमाया तामाङ रहेकी छिन । व्यावसायिक क्रियाकलापमा वि.स. २०६९ सालबाट संलग्न हुनुभएकी तामाङले यस अघि सन्तुमाया फेन्सी स्टोर संचालन गरिरहेकी छिन ।

नुवाकोट र रसुवामा क्यालिवर शुजको माग बढेकोले बजारको माग पूर्तिका लागि ढुङ्गेमा शोरुम संचालन गर्न लागेको तामाङको भनाई रहेको छ । उनले क्यालिवर सुजको ग्राहकको मागलाई ध्यान राखेर शोरुम जिल्लामा नै संचालन गर्न लागेको बताइन । उनले जिल्लामा क्यालिवर जुत्ताको शोरुम संचालन हुँदा सो जुत्ता खरिदका लागि काठमाण्डौ नै जानुपर्ने बाध्यता हटेको तथा समय र पैसाको बचत हुने दाबी गरिन ।

Advertisement

संचालन हुन लागेको शोरुममा सर्वसुलभ मुल्यमा जुत्ता पाइनुका साथै काठमाण्डौको दरमा समेत जुत्तँ विक्री हुने बताइएको छ ।

प्रतिक्रिया