कोरोना भाइरसबाट सुुरक्षित रहन नुवाकोट प्रशासनको आग्रह

विदुर खबर २०७६ फागुन २४ गते ९:०८

नुवाकोट । सम्भाबित कोरोना भाइरसबाट सुुरक्षित रहन मानिसको धेरै भिडभाड हुने मेला, महोत्सव, जात्रा, सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।

Advertisement

जिल्ला बिपद व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नोबेल कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै भिड जम्मा हुने कुनै पनि प्रकारको कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो । बैठकले नेपालिहरुको महान रंगको पर्ब होलीको अबसरमा फागु पर्ब सभ्य ढंगले मनाउन आह्वान गरिएको छ । साथै अभद्र ब्यबहार नगर्न, कसैको इच्छा बिपरित होलि नखेल्नुको साथै कोरोना भाइरसको मध्यनजर गदैँ ठुलो समुहमा होलि नखेल्न जिल्ला बिपद व्यवस्थापन समिति नुवाकोटका संयोजक एवम् नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको सम्भाबित जोखिम न्युनिकरण गर्न जिल्ला अस्पताल त्रिशुलीमा छुट्टै वार्ड (आइसोलेसन कक्ष) को स्थापना गरिएको अस्पतालको मेडिकल सुपरिडेण्डेन रेमकुमार राईले बताउनुभएको छ । संकास्पद बिरामीको नमुना संकलन गर्न ल्याब तयारी अबस्थामा राखिएको, अस्पतालमा मेडिकल टिम तयारी अबस्थामा रहेको उहाले बताउनुभएको छ । परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), मास्क, डिजिटल थर्मामिटर लगायतका आवश्यक सामग्री रहेको छ ।

Advertisement

साथै, स्वास्थ्य कार्यालय नुवाकोटले कोरोनाको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गर्न आग्रह गरेको छ । बिदेशबाट आयातित औषधी लगायतमा अत्यावश्यकीय दैनिक उपभोग्य वस्तुको जिल्लामा कृतिम अभाब नदिन सम्बन्धित पक्षले निगरानी गर्नुपर्ने बताइएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय रसुवाले पनि जिल्ला स्तरमा हुने सेमिनार, गोष्ठी, पर्व, मेला, महोत्सवलगाएत जनभेला नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया