लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्बिर छैन, माओवादी कार्यकर्ताद्वारा नाराबाजी
विदुर खबर
२०७५ वैशाख ९ गते ७:१६
काठमाडौं । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरेका छन् । राष्ट्रिय सभामा आइतबार आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रम सुरु हुनुअघि नै कार्यकर्ताले हुटिङ गरिरहेका छन् ।
विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यानरमा केपी ओली, प्रचण्ड, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ । कार्यकर्ताको हुटिङका कारण कार्यक्रम बिथोलिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया