विदुर नगरपालिकाको छैठौँ नगरसभा सम्पन्न
विदुर खबर
२०७६ फागुन २३ गते १९:४३


नगर सभामा आर्थिक समितिकी संयोजक तथा उपमेयर गिता दाहालले पांचौ नगरसभाको कार्यक्रम तथा बजेटको मध्यावधी मूल्यांकन, समीक्षा गर्दै बार्षिक कार्यक्रम उपर आवश्यक संशोधन सहितको पुरक बजेट पेश गरेकी थिइन ।
उनले प्रस्तुत आर्थिक प्रतिवेदनमा विकास निर्माणका कार्यक्रमको गतिलाई बढाउन उपभोक्ता समिति, टोल विकास संस्था, गैरसरकारी संघसंस्था, नागरिक समाजका अतिरिक्त ठूला निर्माणका कार्यमा निर्माण ब्यवसायीहरुलाई समेत परिचालित गरिएको उल्लेख गरिएको छ । त्यस्तै विकासमा साझेदारी बढाउदै केही पूर्वाधारहरु संयुक्त लगानीमा सम्पन्न हुने क्रममा रहेको बताइएको छ ।

यस्तै चालु आर्थिक वर्षको लागि गत पांचौ नगरसभामा स्विकृत भएका कार्यक्रमको आवधि समीक्षा तथा मूल्यांकनबाट पारित बजेट तथा कार्यक्रमहरुलाई केही संशोधन गर्नुपर्ने देखिएकोले संशोधित पुरक बजेट पेश गरिएको छ । चालु आर्थिक बर्षका मध्यावधी मूल्यांकन गर्दा गत परिषद्मा १ अर्ब ०३ करोड १५ लाख ४५ हजार रुपैयाँका आय अनुमान पेश गरिएकोमा प्रक्षेपित राजस्वमा कमी आई कूल ९७ करोड ८६ लाख ५० हजार २ सय रुपैयाँ संशोधित आय तथा सोही अनुसारको ब्यय अनुमान पेश गरिएको छ । त्यस्तै नगरका विभिन्न अत्यावश्यक योजना तथा कार्यक्रमहरुलाई थप गर्नका लागि कूल २ करोड ६७ लाख रकमको विनियोजन प्रस्ताव गरिएको उमपेयर दाहालले बताइन ।
सम्बन्धित
प्रतिक्रिया