बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन

विदुर खबर २०७६ फागुन २३ गते १९:१७

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको भवन शुक्रवार उद्घाटन गरिएको छ ।

Advertisement

वडा कार्यालयको बाग्मति प्रदेशको प्रदेशसभाका सांसद केशव पाण्डे, नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, उपमेयर कविता ढुङ्गाना लगायतले संयुत्त रुपमा उद्घाटन गरेका हुन ।

भवनको उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश सभा सांसद् केशवराज पाण्डेले सेवा सुविधा अभावले जनतालाई समस्या नहुने बताए । पञ्चासेको बानियागाउँस्थित आँपबोटमा आफ्नै भवन निर्माण गरी सेवा सुरु गरिएको यस वडाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने उनको भनाई छ ।

Advertisement

कार्यक्रमको अवसरमा बेलकोटगढी नगरपालिकाका नगरप्रमुख राजेन्द्ररमण खनालले यस आर्थिक बर्षभरीमा ४ नं वडामा देखिनेगरी काम हुने बताए । । खानेपानी र बिद्युतलाई मुख्य प्राथमिकतामा राखिएको भन्दै उनले  वडामा यस्ताखाले समस्याको समाधान गरिने आश्वासन व्यक्त गरे । ।

यस्तै नगर उपप्रमुख कविता ढुङ्गानाले नगर विकासका लागि आफुहरु लागि परेको बताइन ।  वडाध्यक्ष चन्द्रबहादुर लामाले अझै प्रभावकारी ढंगले सेवा प्रवाह गर्नका लागि वडा कार्यलयको भवन तयार भएको बताए  । भौतिक संरचनाका कारण पनि कतिपय कार्यलाई असर पार्ने भएकाले अब त्यस्ताखाले समस्याहरु नहुने उनको भनाई छ ।

Advertisement

प्रतिक्रिया