बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको भवन शुक्रवार उद्घाटन गरिएको छ ।
वडा कार्यालयको बाग्मति प्रदेशको प्रदेशसभाका सांसद केशव पाण्डे, नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, उपमेयर कविता ढुङ्गाना लगायतले संयुत्त रुपमा उद्घाटन गरेका हुन ।
भवनको उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश सभा सांसद् केशवराज पाण्डेले सेवा सुविधा अभावले जनतालाई समस्या नहुने बताए । पञ्चासेको बानियागाउँस्थित आँपबोटमा आफ्नै भवन निर्माण गरी सेवा सुरु गरिएको यस वडाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रमको अवसरमा बेलकोटगढी नगरपालिकाका नगरप्रमुख राजेन्द्ररमण खनालले यस आर्थिक बर्षभरीमा ४ नं वडामा देखिनेगरी काम हुने बताए । । खानेपानी र बिद्युतलाई मुख्य प्राथमिकतामा राखिएको भन्दै उनले वडामा यस्ताखाले समस्याको समाधान गरिने आश्वासन व्यक्त गरे । ।
यस्तै नगर उपप्रमुख कविता ढुङ्गानाले नगर विकासका लागि आफुहरु लागि परेको बताइन । वडाध्यक्ष चन्द्रबहादुर लामाले अझै प्रभावकारी ढंगले सेवा प्रवाह गर्नका लागि वडा कार्यलयको भवन तयार भएको बताए । भौतिक संरचनाका कारण पनि कतिपय कार्यलाई असर पार्ने भएकाले अब त्यस्ताखाले समस्याहरु नहुने उनको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया