मास्कपछि बजारमा ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर पनि अभाव, सेनेटाइजर पनि छैन सुलभ
काठमाडौं। कोरोना भाइरसको संक्रमणको त्राससँगै कालो बजारी गर्नेहरूले फाइदा उठाइरहेका छन्। बजारमा सजिलै र अघिपछिको दरमा मास्क नपाइनु त त्यसको उदाहरण छँदै थियो, अब ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटरको पनि अभाव चुलिएको छ।
संक्रमणको अवस्था थाहा पाउन ज्वरो नाप्नैपर्ने चिकित्सकहरूले बताएपछि राजधानीका अस्पताल र नर्सिङहोमहरूले प्रयोग बढाउँदा बढाउँदै व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरूले पनि आफ्नो प्रवेशद्धारमा इन्फ्रारेड थर्मोमिटरबाट जाँच अनिवार्य गरेका छन्। व्यक्तिगत प्रयोगका लागि खरिद गर्न चाहनेहरूले इन्फ्रारेड थर्मोमिटर खरिद गर्न पाएका छैनन्। बजारमा हात धुने सेनेटाइजरको पनि अभाव छ।
सिंगापुर, अमेरिका, भारत र चीन लगायतका देशहरुबाट आयात गरिदै आएको इन्फ्रारेड थर्मोमिटर यतिबेला बाहिरबाट आउन पनि बन्द छ। कोरोनाको त्रास फैलिनु अघिसम्म खासै खोज्नेहरू नआउने भएकाले व्यवसायीले एकपटकमा बढीमा ४० थानसम्म मात्रै आयात गर्दै आएका थिए। यतिबेला माग बढ्दा विदेशमा पनि प्रयोग बढेकाले आफूहरूले गरेको अर्डरअनुसारको माल नआइपुगेको सर्जिकल हाउस सञ्चालकहरू बताउँछन्।
पहिले पहिले धेरै प्रयोग नहुने भएकाले आयातकर्ताले निकै कम परिमाणमा भित्र्याउने गरेको वायो ल्याब प्रालिका प्रबन्धक निर्देशक रोहन त्रिपाठीले बताए। ‘माग धेरै हुँदै गए अमेरिकाबाट पनि मगाउन सकिन्छ,’ उनले भने, ‘अहिले बिक्री भइरहेका इन्फ्रारेड थर्मोमिटर केही महिना अगाडिकै खेपको हो।’ मेडिकल इक्वीपमेन्ट सप्लायरमध्ये पनि निकै कमलाई जानकारी रहेकाले इन्फ्रारेड थर्मोमिटर आयात गर्नेको संख्या सीमित रहेको उनले बताए।
बितेको एक सातामा राजधानीका इन्फ्रारेड थर्मोमिटर आयातकर्तामध्ये कसैले पनि स्टक राख्न पाएका छैनन्। मनपरी असुल्न पाइने देखेर मेडिकल स्टोरहरूबाट पनि खुद्रा बिक्रेताले इन्फ्रारेड थर्मोमिटर उठाइरहेका छन्।
डेढ महिना अघिसम्म गोटाको १३०० मा बिक्री भइरहेको उक्त थर्मोमिटरलाई अहिले अभाव बताएर व्यवसायीले ४ हजारदेखि ७ हजार रुपैयाँमा बिक्री गरिरहेका छन्। जति परेपनि किन्न तयार भएको बजारको माग देखेर व्यवसायीले आफूखुसी मूल्यमा बेचिरहेको गुनासो ग्राहकको छ। बजारमा ह्याण्ड सेनिटाइजर, मास्क र इन्फ्रारेड थर्मोमिटर बेच्नेहरूले मनपरी असुलीरहेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया