असहाय जेहेन्दार तथा जनाजतिको लागि शिक्षा नामक संस्थाको छैठौ अधिबेशन सम्पन्न
विदुर । असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा नामक संस्थाको ११ औ बार्षिकउत्सब तथा छैठौ अधिबेशन सम्पन्न शनिवार सम्पन्न भएको छ ।
वार्षिकउत्सवको अवसर पारेर संस्थाले त्रिशुली अस्पतालका २६ जना बिरामी र देबिघाटमा रहेको जेष्ठ नागरिक प्रतिष्ठानका ३२ वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ । त्यस्तै वार्षिकउत्सवको अवसर पारेर तारकेश्वर गाउँपालिका स्तरीय माध्यामिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ ।
लोक नृत्य प्रतियोगिता पिमल्टार मावि पहिलो, शंखादेबी मावि दोस्रो,श्रीकृष्ण मावि तेस्रो र पंचमिलन आधारभूत बिद्यालयले सान्तवना स्थान हात पार्न सफल भएको छ । ११ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पहिलो भएको पिमल्टार माविले ८ हजार रुपैयाँ, दोस्रो भएको शंखादेबी माविले ६ हजार रुपैयाँ, तेस्रो स्थान हात पारेको श्रीकृष्ण माविले ४ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेको पंचमिलन आधारभूत बिद्यालयले २ हजार रुपैयाँ हात पारेको असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा नामक सस्थाका अध्यक्ष बावुराम शर्मा अधिकारी जानकारी दिनुभयो ।
यसैबिच शनिवारै नै भएको संस्थाको छैठौ अधिबेशनले वावुराम शर्माको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा शेषराज शर्मा, सचिवमा नबराज अधिकारी, सहसचिवमा राजाराम अधिकारी कोषाध्यक्षमा राममणि अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गोरखबहादुर तामाङ, रबिन्द्र घिमिरे,रमेश घिमिरे,देबकी अधिकारी,सुमिता श्रेष्ठ र कन्चन तामाङ चयन भएका छन ।
वार्षिकउत्सव तथा अधिवेशनले संस्थाले आगामी दिनमा गर्ने विभिन्न कार्यक्रमहरु गाउँपालिकाको समन्वयमा गर्ने बताइएको छ । साथै गाउँपालिकामा रहेका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने बताइएको छ । संस्थाले ज्योति बिकाश बैंक र प्राइम बैंकसंगको सहकार्यमा अनाथ तथा असहाय बालबालिकाको उज्वल भबिस्यको लागि ज्योति विकास बैंकले ५० हजार रुपैया र प्राइम बैंकले १२ हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।
असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा नामक सस्थाले बिगत ३ वर्षदेखि टुहुरा तथा अनाथ बालबालिकालाई सहयोग गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया