विद्यालय बस सेवा कार्यक्रमको लागि चण्डेश्वरी र महादेव मावि छनौट

विदुर खबर २०७६ फागुन २० गते २१:१९

नुवाकोट । वागमती प्रदेशले संचालन गर्न लागेको वस सेवा कार्यक्रमको लागि नुवाकोटकोबाट दुई विद्यालय छनौट भएका छन ।

Advertisement

छनौट भएका विद्यालयहरुमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको चण्डेश्वरी मासिव र बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा रहेकाृ महादेव मावि छनौट भएका हुन । सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा कार्यक्रमको लागि प्रदेशको २५ वटा विद्यालय छनौट गरेको हो ।

मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रमको लागि “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्य्विधि २०७६” बमोजिम प्रदेश भित्रको १३ जिल्लाका २५ विद्यालय छनौटमा परेका हुन् ।

Advertisement

त्यसैगरी रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यामिक विद्यालय, धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको वागेश्वरी माध्यामिक विद्यालय र गल्छि गाउँपालिका वडा नम्बर ६ मा रहेको वागेश्वरी माध्यामिक विद्यालय बस सेवा कार्यक्रमको लागि छनोटमा परेको छ ।

मन्त्रालयमा शुक्रवार स्थानीय तहको जनप्रतिनिधि, सम्वन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग त्रिपक्षीय सम्झौता गरिने सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया