‘कमेडी च्याम्पियन’ को फाइनल चैत्र १ गते हुने

विदुर खबर २०७६ फागुन २० गते १९:५२

नुवाकोट । कमेडी सम्बन्धी  रियालिटी शो ‘कमेडी च्याम्पियन’ को  फाइनल चैत्र १ मा हुने भएको छ। २५ लाख नगद र एउटा कार उपहारका लागि अन्तिम चरणमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त प्रतिष्पर्धामा छन् ।

Advertisement

फाइनलमा अतिथिको रुपमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य आउने कार्यकम निर्माण टिमले जानकारी दिएको छन्। अन्तिम चरणमा पुगेका तीन प्रतियोगीमध्ये हिमेश बाहेक दुबै जना वाइल्ड कार्ड इन्ट्रीबाट कार्यक्रममा आएका हुन्। फाइनलमा पुगेका तीनै प्रतियोगी अहिले भोट बढाउने कसरतमा छन्।

कार्यक्रममा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराईले निर्णायक छन् । तर विजेता पब्लिक भोटिङ्को आधारमा हुँदैछ।

Advertisement

प्रतिक्रिया