जस्टिन बिबर महिला शौचालय छिरेपछि…

विदुर खबर २०७५ वैशाख ८ गते २:२०

चर्चित गायक जस्टिन बाइबर अमेरिकाको चर्चित फास्टफुड चेन रेस्टुरेन्ट ‘टाको बेल’ स्थित महिला शौचालयबाट बाहिर निस्कँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल छ । गत अप्रिल १९ मा फोटोपत्रकारले उनलाई यस्तो अवस्थामा क्यामेरामा कैद गरेका हुन् ।

Advertisement

२४ वर्षीय बाइबर किन महिला शौचालयमा छिरे ? के उनी अन्य पुरुषका अगाडि पिसाब फेर्न चाहँदैनन् वा पुरुष शौचालय प्याक भएका कारण उनले महिला शौचालय प्रयोग गरे ? भन्ने कुरा खुलेको छैन । बाइबर फोटोमा गम्भीर देखिन्छन् । सायद, उनलाई गल्ती गरेको महसुस भएको हुन सक्छ । उनी झुक्किएर महिला शौचालयमा छिरेको हुन सक्ने अनुमान गरिएको छ ।

‘महिलाहरूले खुला ठाउँमा बाइबरलाई भेटे भने उनीहरू पक्कै दंग पर्नेछन् र उनलाई अँगालो हाल्नका लागि युवतीको भिड लाग्नेछ । तर, महिला शौचालय त्यसका लागि उपयुक्त स्थान होइन,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द हलिउड लाइफले ठट्यौली शैलीमा लेखेको छ । जेहोस्, स्वादिस्ट परिकारका लागि प्रसिद्ध टाको बेलमा बाइबरलाई ज–जसले देखे उनीहरू खानाको स्वादसँगै विश्व चर्चित सेलेब्रिटीसँग भेट्न पाउँदा थप हर्षित भएको हुनुपर्छ ।
-नयाँ पत्रिकाबाट

Advertisement

प्रतिक्रिया