थारुहट/थारुवान राष्ट्रिय मोर्चाद्धारा २० र २१ गते आम हड्ताल
नुवाकोट । थारुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते आम हड्तालको घोषणा गरेको छ । आईतबार एक विज्ञेप्ती जारी गर्दै मोर्चाले दुई दिन शान्तिपुर्ण सशक्त आम हड्तालको घोषणा गरेको हो ।
थारुजातीहरुलाई सरकारले विभिन्न किसिमको विभेद गर्दै आएकोमा विगत १३ बर्ष हुँदा समेत थारु आन्दोलनकर्मीहरुले उठाएको माग पूरा नगरेकाले त्यही माग पुरा गराउनको लागि दोस्रो चरणको आम हड्ताल गर्न लागेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारुले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघर्षका कार्यक्रम अन्तर्गत गएको पुस २२ गते नेपाल सरकार संग १४ बुँदे माग राखी प्रधानमन्त्रीलाई पुस मसान्त सम्म अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउदा पनि सरकारले हाम्रो मुद्धा प्रति सकारात्मक बन्न नसकेको आरोप लगाएको छ ।
आम हड्तालको क्रममा कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारी तथा यातायातका साधनहरु पुर्ण रुपमा बन्द रहने बतामईएको छ । साथै आम हड्तालमा सबैलाई सहयोग गरी दिन आग्रह गरीएको छ ।
आमहड्तालको समयवधीमा अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, शब वहान, दुध बोक्ने, औषधीजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटन, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु संचालनमा रोक नलगाउने बताईएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती





प्रतिक्रिया