कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

विदुर खबर २०७६ फागुन १९ गते ११:३५

नुवाकोट । नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

Advertisement

चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको छ । चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुई/दुई जनाले ज्यान गुमाएका छन् । थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक÷एक जनाको मृत्यु भएको छ ।

Advertisement

८९ हजारमा कोरोनाको संकेत देखिएको छ । जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् ।

प्रतिक्रिया