कोरोना प्रभाव: काठमाण्डौमा हुने चेम्बर एक्स्पो स्थगित
नुवाकोट । कोरोना भाइरसको उच्च जोखिममा नेपाल परेको विभिन्न रिपोर्टहरुले दाबी गरेपछि यसको त्रासमा रहेका सर्वसाधारणको स्वास्थ्य जोखिमलाई ध्यानमा राखी नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने चेम्बर एक्स्पो स्थगित गरेको छ ।
आइतबार चेम्बरले एक विज्ञप्ति जारी गर्दै काठमाण्डौको भृकुटीमण्डपमा गर्ने भनिएको एक्स्पो स्थगनको निर्णय भएको प्रष्ट्याएको हो । चेम्बरले त्रिभुवन विमान स्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रुको सघन स्वास्थ परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ । चेम्बरले कोरोनाको संभावित प्रकोपबाट बच्न सुरक्षात्मक उपायहरु अपनाउन सबै सरोकारवालालाई आग्रह समेत गरेको छ ।
कोरोना भाइरसको सम्भावित प्रकोप फैलिनसक्ने परिस्थितिका कारण मास्क एवम अति आवश्यक वस्तुहरुलाई सहज एवम सुलभ तरिकाले बिक्रीवितरण गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई चेम्बरले आग्रह समेत गरेको छ । चेम्बरले कोरोना भाइरसबाट बच्न अति आवश्यक पर्ने उपकरण सामाग्रीहरु जस्तै मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर छुटका लागि समेत नेपाल सरकार समक्ष आग्रह गरेको छ ।
चेम्बरले कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपककुमार मल्होत्राको संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति समेत गठन गरेको छ । समितिमा चेम्बरका कार्य समिति सदस्यमा मृगेन्द्रमेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा सदस्य छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया