कोरोना संक्रमणको आशंकामा २ जना टेकु अस्पतालको आइसोलेसनमा
काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।
उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए।
‘दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो’ प्रवक्ता बास्तोलाले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।’
प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए । उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।’
दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया