ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह
नुवाकोट । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो ।
मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए । मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए । पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’
मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताए ।
चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने ढकालले बताए । उनले भने्, ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया