पार्टीको सचिवालयले गरेको निर्णय सर्बैले मान्नुपर्छ : खनाल

विदुर खबर २०७६ फागुन १७ गते १९:१४

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीेको सचिवालयको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टीको निर्णय जोसुकैले मान्नुपर्ने बताउनुभएको हो । खानलले पार्टीका सबै नेताहरुले एक ढिक्का भएर गरेको निर्णय यो वा त्यो भनेर कोही पनि उम्कन नपाउने भन्दै सबैले पार्टीको निर्णय मान्नुपर्ने विकल्प नभएको बताउनुभएको छ ।

फरक प्रसंगमा नेता खनालले पार्टीमा सामान्य विवाद मात्र भएको बताउँदै पार्टी कुनैपनि हालतमा नफुट्ने बताउनुभयो । उहाँले धेरै मेहेनत गरेर पार्टी अहिलेको अवस्थामा आएको भन्दै सामान्य कुरामा विवाद देखिँदा पार्टी फुट्नुपर्ने कारण नै नरहेको बताउनुभयो ।

Advertisement

पत्रकार सम्मेलनमा एकसय जनाले विभिन्न पार्टी छाडेर नेकपा प्रवेश गर्ने बताएपनि ३ जना मात्र नेकपा प्रवेश गरेका छन ।

प्रतिक्रिया