देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री
कलैया, ६ वैशाख : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाको विकासका लागि अभियान देशभरि नै सञ्चालन गरिएको बताए ।
उनले देशभरिमा करीब तीन लाख बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिँदै तिनीहरुको विद्यालयसम्म कसरी पहुँच गराउन सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको प्रष्ट पारे ।
सो अवसरमा पाँचजना दलित बालबालिका आशिष पासवान, रोशनीकुमारी मली, प्रीति मलिक, नीशाकुमारी मलिक, विपिनकुमार पासवानलगायतलाई क्रमशः कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, प्रदेश सांसद महम्द समिर, विद्यालय निरीक्षक अशोक रौनियार, प्रदेश सांसद पारस साह र समाजसेवी गीता प्रधानले ती दलित समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।
कलैया उपमहानगरनगरपालिकाका प्रमुख यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, जिल्ला शिक्षा अधिकारी लालबाबु साह, शिक्षक विनोद पासवानलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया