वडा कार्यालयद्धारा कृषकहरुलाई प्रविधि हस्तान्त्रण
माझिटार । अति विपन्न परिवारलाई रोजगार तथा आयामुलक कार्यक्रममा सरिक गराउँदै स्वाबलम्बनतर्फ अग्रसर बनाउने उदेश्यसहित गरिवसँग विश्वेश्वर कार्यक्रम अन्र्तगत विदुर नगरपालिका वडा नम्बर ५ का विभिन्न कृषकसमुहलाई प्रविधि हस्तान्तरण गरिएको छ ।
शुक्रवार वडा कार्यालयका एक कार्यक्रम गरि वडामा रहेका कृषक समुहहरुलाई कुटानी पिसानीको लागि औजार प्रदान गरिएको हो । वडामा रहेका विपन्न नागरिकहरुलाई उसको शिप र दक्षताको विकास गरि स्वालम्बन बनाउन विदुर नगरपालिका वडा नम्बर ५ मा गरिवसँग विश्वेश्वर कार्यक्रम संचालन गरिएको वडाअध्यक्ष शिव चित्रकारले बताए । वडाअध्यक्ष चित्रकारले वडामा रहेको सिमित स्रोत र साधनको प्रयोग गरि अहिलेको लागि प्रत्येक दुई समुह बराबर एक प्रविधि वितरण गरिएकोले राम्रो र प्रेरणादायक काम गरेमा आगामी दिनमा प्रोत्साहनस्वरुप थप मेसिन औजार प्रदान गर्ने बताए ।
चुलो र चौकोमा सिमित भएका महिलाहरुलाई मेसिनको प्रयोगबाट भएको आम्दानीले जीवन निर्वाहमा टेवा पुराउने वडाअध्यक्ष चित्रकारले विश्वास व्यक्त गरेका छन ।
अति विपन्न परिवारलाई रोजगार तथा आयामुलक कार्यक्रममा सरिक गराउँदै स्वाबलम्बनतर्फ अग्रसर बनाउने उदेश्यसहित यसअघि नुवाकोटको साविक गाविसहरु विदुर नगरपालिकाको वडा नम्बर ५ र ६, हल्देकालिका गाविस र मदानपुरमा कार्यक्रम संचालन भएको थियो ।
त्यस्तै गरिवसँग विश्वेश्वर कार्यक्रमले प्रत्यक्ष जनतासँग सरोकार राख्ने, वास्तविक जनतासँग पुग्ने भएकोले कार्यक्रम संचालन गरिएको गरिवसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक श्यामकाजी अर्यालले बताए । उनले विविध कारणले केही समय कार्यक्रम स्थगित भएपनि जनप्रतिनिधि आएपछि पुन शुरु भएको बताए ।
कार्यक्रम अन्र्तगत वडामा रहेका विभिन्न ७ समुहका ७९ जनाले कुटानीपिसानी मिल प्राप्त गरेका छन । मिल संचालनको जिम्मा समुहलाई दिने र कुटानी पिसानी गरेपावत शुल्क उठाउने र त्यसै रकमबाट सो मिलको र्ममतसंहार गर्नुपर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया