पूर्वाधार विकास करको दर परिमार्जन हुँदा डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढयो

विदुर खबर २०७६ फागुन १५ गते २०:५९

नुवाकोट । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णय गरेको छ । पूर्वाधार विकासको करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो ।

Advertisement

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

यसअघि सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आएको थियो। सरकारले नेपाल कानुन आयोगको सदस्यमा शोभा बुढाथोकीउद्धवचन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ। राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठहरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरिएकोको खतिवडाले जानकारी दिए।

Advertisement

त्यस्तै, नेपालभारत सीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गरिएको पनि खतिवडाले जानकारी दिए। सार्वजनिकसरकारी र गुठीको जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाई पनि नियुक्त गरिएको छ। आयोगबाट जगत देउजाले दिएको राजीनामा स्वीकृत गरिएको छ। समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्वमुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरिएको छ। सदस्यहरूमा टीका बुढाथोकीममतादेवी शर्मा र सरस्वती देवी भट्टराई नियुक्त भएका छन्।

प्रतिक्रिया