पूर्वाधार विकास करको दर परिमार्जन हुँदा डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढयो
नुवाकोट । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णय गरेको छ । पूर्वाधार विकासको करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्याउने निर्णय गरेको हो।
यसअघि सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आएको थियो। सरकारले नेपाल कानुन आयोगको सदस्यमा शोभा बुढाथोकी, उद्धवचन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ। राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरिएकोको खतिवडाले जानकारी दिए।
त्यस्तै, नेपाल–भारत सीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गरिएको पनि खतिवडाले जानकारी दिए। सार्वजनिक, सरकारी र गुठीको जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाई पनि नियुक्त गरिएको छ। आयोगबाट जगत देउजाले दिएको राजीनामा स्वीकृत गरिएको छ। समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्वमुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरिएको छ। सदस्यहरूमा टीका बुढाथोकी, ममतादेवी शर्मा र सरस्वती देवी भट्टराई नियुक्त भएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया